Breaking News »

प्यूठानमा वाइम्याक्स संचालन

एलबी थापा/(प्युठान खबर)

प्यूठान २० बैशाख : जिल्लामा ताररहित द्रुत गतिको वाइम्याक्स इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकम दुरसंचार कार्यालय प्यूठानले बिहिवारदेखि यो सेवा औपचारक रुपमा सुरु गरेको जनाएको छ । युनिटेक नेटवर्क प्रलिद्वारा सेवा उपलब्ध गराउने गरी जिल्लामा यो सेवा सुरु गरीएको हो ।

हाल जिल्लाको सदरमुकाम र मध्यक्षेत्रमा प्रारम्भमा सेवा सुरु भएको कार्यालयले जनाएको छ । नेपाल टेलिकमको खलंगा र स्वर्गद्वारी गरी दुई रिपिटर टावरमा वाइम्याक्स संचालनका लागि प्रविधि जडान गरिएपनि मागको आधारमा अन्य स्थानमा सेवा संचालन गरीने टेलिकम प्यूठानका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

द्रुत गतिको इन्टरनेट सेवाका लागि गाउँ गाउँबाट माग आएमा बिटिएस टावरमा समेत प्रविधि जडान गरी सेवा बिस्तार गरीने उहाँले जनाउनुभयो । अहिले पहिलो चरणमा बजार क्षेत्रमा सेवा उपलब्ध हुने गरी सेवा संचालन गरीएकोले ल्याण्डलाइन फोन बिस्तार नभएका गाविस तुषारा
, मच्छि, खैरा लगायतका ठाउँमा प्राथमिकताका आधारमा सेवा संचालन गरीने युनिटेक प्यूठानका आधिकारिक बिक्रेता देबेन्द्र बर्माले बताउनुभयो ।

बर्माका अनुसार जिल्लामा डंगोल
, युएसबी मोडेम र वडीयू गरी तीन प्रकारका प्रविधी बितरण सुरु गरीएको छ । लिमिटेड सेवाका लागि दुरसंचार कार्यालयबाट सुविधा लिएपश्चात सेवाग्राहीले रु. ५ हजार १ सय ३५ डंगोल, ६ हजार ८ सय २८ युएसवी मोडेम र १९ हजार १ सय १० वडीयु खरीद गरी सेवा घरमै द्रुत गतिको इन्टरनेट सेवा संचालन गर्न सकिनेछ ।

प्रतिक्रिया पठाउनुहेास्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
     
प्रतिक्रियाहरु

manoj rokaya(bhingri) (manojchhetri143@yahoo.com) bhingri,pyuthan haal nepalgunj

khusi ko khabar tara euta kura k vane jaba ek patak sulka tirera sewa sucharu garisakepaxi pheri agadi masik,ardhabarsik,barsik rupma sewa sucharu garna painxa ya suruma gareko bhuktani bata isthai rupma sewa pauna sakinxa???

manoj rokaya(mkshetri) (manojchhetri143@yahoo.com) bhingri,pyuthan haal nepalgunj

khusi ko khabar tara euta kura k vane jaba ek patak sulka tirera sewa sucharu garisakepaxi pheri agadi masik,ardhabarsik,barsik rupma sewa sucharu garna painxa ya suruma gareko bhuktani bata isthai rupma sewa pauna sakinxa???

प्रमुख समाचार
प्यूठान विशेष
मनोरञ्जन
विचित्र संसार
साहित्य विविध
विचार विश्लेषण
Prabhu Mony Transfar filmy khabar Listen Ujyaalo 90 Network